फाइल फोटोविराटनगर । मोरङको लेटाङमा चट्याङले लागेर आज (बिहीबार) बिहान एउटा भैँसी मरेको छ ।
लेटाङ नगरपालिका–५ खेरुवाकी कौशीला सुवेदीको पक्की घरमा बिहान करिब ९ बजेतिर चट्याङ परेको हो । चट्याङले लागेर सुवेदीले पालेको ब्याउने भैँसी मरेको प्रहरीले जनाएको छ ।
साथै, चट्याङले घरमा रहेको बिजुलीको मिटर बक्समा पूर्णरूपले क्षति पुगेको छ । घरको भित्तामा पनि समान्य क्षति पुगेको प्रहरीको भनाइ छ । चट्याङले करिब २ लाख मूल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

























