मोरङको रंगेलीमा गाईले हानेर वृद्धको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार १३:३१

विराटनगर । मोरङको रंगेलीमा गाईले हालेर १ जना वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका–९ दोहमनाका अन्दाजी ७५ वर्षीय रामप्रसाद शिवकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शिवकोटीलाई गोठमा काम गर्ने क्रममा बुधबार गाईले हानेर घाइते बनाएको थियो । टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो

रंगेलीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइयो । नोबेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काएर लैजाँदै गर्दा आज (बिहीबार) शिवकोटीको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

परिवारका सदस्यले शवलाई घरमा लगेर राखेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीबाट इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.