झापामा फनपार्कभित्र करेन्ट लागेर १ जनाको मृत्यु

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ४, बिहीबार २०:४९

विराटनगर । झापाको एउटा फनपार्कभित्र करेन्ट लागेर आज (बिहीबार) १ जनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका–९ का ४५ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार कनकाई नगरपालिका–२ मा रहेको हेपी ल्याण्ड फनपार्कभित्र बिजुली मर्मत गर्ने क्रममा दिउँसो ४ः३० बजेतिर लिम्बूलाई करेन्ट लागेको थियो ।

अचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि कनकाई नगर अस्पताल सुरुंगा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको खड्काले बताए । लिम्बू सोही फनपार्कभित्र बिजुलीको काम गर्दै आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.