दुहबीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार ०७:४०

विराटनगर । सुनसरीको दुहबीमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुहबी नगरपालिका–३ फुटानी चोक–वसनपुर भित्री सडक खण्डमा को ३९ प ९१७५ नम्बको मोटरसाइकल राति ९ः४५ बजेतिर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक दुहबी–३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीलाई उपचारका लािग विराट शिक्षण अस्पताल पठाइएको थियो । उपचारका क्रममा राति ११ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएके छ ।

दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.