सरकार ढल्दैन, अनावश्यक हल्लाका पछि लाग्नु पर्दैन : प्रधानमन्त्री

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार १४:१८

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नढल्ने कुरा पुनः दोहोर्याएका छन् । ‘सरकार ढल्दैन, अनावश्यक हल्लाका पछि लाग्न पर्दैन,’ उनले भने ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बेधन गर्दै प्रधानमन्त्रीले सरकार ढल्छ भनेर अनावश्यक हल्ला चलाइएको बताए । उनले त्यस्तो हल्लाको पछाडि लाग्नुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन सरकारले काम गरिरहेको ओलीको भनाइ छ । उनले नेपाली कांग्रेस र नेकपा (एमाले)जस्ता ठूला तथा इतिहास बोकेका दलहरुले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर काम गरिरहेको उल्लेख गरे ।

मुलुकलाई समृद्ध बनाउनकै लागि ठूला दल मिलेर सरकार बनाइएको प्रधानमन्त्रीको दाबी छ । ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस् । नलाग पछि हल्लैको भन्ने गीत छ नि । हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन । देशलाई सुशासनयुक्त बनाउन । नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनु छ । त्यो भन्दा परिस्कृत परिमार्जित गन्तव्य अरु छैन,’ प्रधानमन्त्री ओलीले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.