निजामती विधेयक संसदीय समितिबाट पास गर्ने तयारी

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ५, शुक्रबार १४:३५

काठमाडौं । निजामती विधेयक संसदीय समितिबाट पास गर्ने तयारी गरिएको छ ।

सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसले समितिबाट ३ दिनभित्रमै विधेयक पास गराउने तयारी थालेको पाइएको छ । विधेयक पास गराउनलाई नेकपा (माओवादी केन्द्र)लाई मनाउन दुवै दल लागेका छन् ।

एमाले सांसद रघुजी पन्त संवैधानिक परिषद् सम्बन्धी विधेयकमा एमालेको फरक बुझाइ रहेको बताउँछन् । तर, अगाडि बढ्छ भने बढोस् भनेर सहमति जनाइएको उनको भनाइ छ ।

एमालेले लिखित रूपमा फरक मत नराखेको कुरा विपक्षी दललाई स्मरण गराइएको पन्तले बताए । उनले माओवादीलगायत विपक्षी दललाई फरक मत लिखित रूपमा नराख्न आग्रह गरेको स्पष्ट बुझ्न सकिन्छ ।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले पनि कतिपय अवस्थामा आफूलाई लागेकै जस्तो हुन नसक्ने ख्याल गर्न आग्रह गरेका छन् । व्यक्तिको बुझाइ अनुसार धेरै कुरा फरक हुनसक्ने भएकाले विधेयक पास गर्न सबै सहमत हुने वातावरण बनाउनुपर्नेमा उनको जोड छ । बडूले विधेयक धेरै लम्ब्याउन नहुने बताए ।

धेरै कुरा ‘क्लियर’ भएकाले १ पटक छलफल गर्ने र सहमतिका नाममा निजामती विधेयक २–३ दिनभित्रभन्दा बढी लम्ब्याउन नहुने उनको भनाइ छ । निजामती विधेयकमाथि अहिले संसदको राज्य व्यवस्था समितिमा छलफल चलिरहेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.