
काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् ।
सञ्चारिका समूहको शुक्रबार भएको ९ औं महाधिवेशनका लागि प्रेस चौतारी नेपाल र प्रेस युनियनको संयुक्त प्यानल बनेको थियो । पदाधिकारीमा संयुक्त प्यानलबाट उम्मेदवारी दिएकाहरु नै निर्वाचित भएका छन् ।
पन्थी १४९ मतसहित अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गरिन् । उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वसी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेले जानकारी दिए ।
महासचिवमा राधा खनाल सर्वसम्मत निर्वाचित भएकी छन् । सञ्चारिका समूहको सदस्यमा अजवी पौड्याल (राधा), कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाईं, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएको गाउँलेले बताए ।
यस्तो छ मतपरिणाम



























