
विराटनगर । नेपाल प्रहरीमा १ सय ४५ जना कर्मचारीका लागि दरखास्त आह्वान भएको छ ।
कार्यालय सहयोगी (भान्छे र कुचीकार) पदका लागि विज्ञापन गरिएको हो । प्रहरी प्रधान कार्यालय भर्ना छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न विज्ञापन आह्वान गरिएको उल्लेख गरेको छ ।
गत मंसिर २१ गते प्रकाशित विज्ञापनमा माग पद संख्या थप गरिएको सूचनामा उल्लेख छ। भान्सेतर्फ १ सय १७ जना र कुचीकारतर्फ २८ जनाको लागि दरखास्त आह्वान गरिएको भर्ना छनोट शाखाले जनाएको छ ।
यस्तो छ विज्ञापन


























