भीषण वर्षापछि ४ तले भवन भत्कियो, ४ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख ६, शनिबार ०९:४३

एजेन्सी। भीषण वर्षापछि ४ तले भव भत्किँदा ४ जनाको मृत्यु भएको छ । घटना भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रको हो ।

भारी वर्षासँगै शनिबार बिहान करिब २ः३० बजेतिर भवन भत्किएको हो । विभिन्न सञ्चारमाध्यमका अनुसार भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको अनुमान गरिएको छ । उद्धार कार्य जारी छ ।

Advertisement

डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घर भत्किएको र त्यसमा परेर ४ जनाको मृत्यु भएको जानकारी दिए । भग्नावशेषमा फसेकाको उद्धार कार्य जारी रहेको उनले बताए ।

दिल्लीको मौसम शुक्रबार रातिदेखि अचानक बदलिएको थियो । त्यसलगत्तै भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षति पुगेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.