पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १०:५७
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए

विराटनगर । सुनसरीको देवानगन्ज, कप्तानगन्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै गए पनि पूर्वपश्चिम राजमार्गअन्तर्गत पकलीदेखि कोशी ब्यारेजसम्मको खण्डमा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीहरूले ठाउँ–ठाउँमा टायर बालेर सडक अवरोध गरेपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगन्ज, कप्तानगन्ज क्षेत्र साम्य हुँदै गए पनि राजमार्गमा प्रदर्शन चर्किएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इटहरीबाट पश्चिम जाने सवारी साधनहरूलाई रोकिएको छ ।

Advertisement

प्रदर्शनकारीहरूले राजमार्गका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेकाले थप दुर्घटना हुनसक्ने भएकोले यातायात सेवा पूर्ण रूपमा ठप्प पारेको प्रहरीले जनाएको छ ।

अहिले ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि सडक अवरोधका कारण सयौँ यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् । प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र स्थिति सामान्य नभएसम्म यात्रा नगर्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×