नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक सम्पन्न

Share this
668shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ६, शनिबार १८:३६

विराटनगर । भारतको बिहारमा नेपाल र भारतका अधिकारीबीच शनिबार नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठक बसेको छ ।

नेपालको मोरङ र झापा जिल्ला तथा भारत बिहारको किसनगन्ज जिल्लाका अधिकारीहरुको नियमित बैठक सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, दुवै जिल्लाका नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, भन्सार, नापी र वन कार्यालयका प्रमुखहरु उपस्थित थिए ।

भारतको तर्फबाट किसनगन्ज जिल्लाका मुख्य जिल्लाधिकारीको नेतृत्वमा पुलिस अधीक्षक, भारतीय सीमा सुरक्षा बल (एसएसबी)का पदाधिकारी, भन्सार प्रमुखलगायतको उपस्थिति रहेको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बैठकमा २ देशीय सुरक्षा संवेदनशीलताका विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार बैठकमा खुला सीमाका कारण हुनसक्ने चोरी तस्करी लागुऔषध तथा मदिरा र हातहितयार ओसारपसार एवं अवैध मुद्रा कारोबार नियन्त्रणका विषयमा व्यापक छलफल भयो । त्यस्तै, एकआपसमा सूचना आदानप्रदान तथा सुरक्षा संवेदनशीलताको विषयमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको प्रजिअ यादवले बताए ।

 

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.