कोशीमा मुख्यमन्त्री कार्यालयको गुनासो व्यवस्थापन प्रणालीको ‘वेबसाइट’ ‘ह्याक’

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ६, शनिबार १९:०८

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘गुनासो व्यवस्थापन प्रणाली’को ‘वेबसाइट’ ‘ह्याक’ भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको ‘वेबसाइट’ ‘ह्याक’ गरेर ‘ह्याकर’ले प्रेम प्रस्ताव दर्शाउने शब्द राखेको पाइएको हो । ‘वेबसाइट’ कहिले ‘ह्याक’ भएको हो भन्ने यकिन छैन ।

उक्त ‘वेबसाइट’ २०२५ मार्च २० मा अन्तिम पटक सही अवस्थामा रहेको देखिन्छ । अहिले hellocm.koshi.gov.np  ‘लिंक’ ‘ब्राउज’ गर्दा प्रेमिल शब्दहरू दर्शाएको पेज देख्न सकिन्छ । ‘वेबसाइट’मा यसअघि राखिएका विषयवस्तु देखिँदैनन् ।

वेबसाइटको सबैभन्दा माथिपट्टि चकलेटको फोटो राखिएको छ । त्यसको तल ‘तिम्रै लागि एस’ (फर यू एस) भन्दै अंग्रेजी अक्षरमा प्रेमिल शब्दहरू राखिएको छ ।

मुख्यमन्त्री कार्यालयका प्रवक्ता पवनकुमार तिमिल्सेनाले ‘वेबसाइट’मा केही समस्या आएको बताए । ‘वेबसाइट’ ‘ह्याक’ भएको हो कि हैन भनेर हेर्ने काम भइरहेको उनको भनाइ छ । ‘केही समस्या आएजस्तो छ । समाधानका लागि प्राविधिक परिचालन गरेका छौं,’ तिमिल्सेनाले भने ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.