आरजु गइन् बैंकक

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ७, आइतबार १५:०२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (आइतबार) थाइल्याण्डको बैंककतर्फ गएकी छन् ।

यही अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (युएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा. राणाले उक्त आयोगको ८१ औं सत्रको अध्यक्षता गर्ने कार्यतालिका छ। उक्त सत्रलाई उनले नेपालका तर्फबाट सम्बोधन गर्ने बताइएको छ ।

यस सत्रको विषयवस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ। उक्त सत्रमा डा. राणाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, राष्ट्रिय योजना आयोग र थाइल्याण्डस्थित नेपाली दूतावासका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.