प्रतीकात्मक तस्बिरताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा सडकमा गुडिरहेको बोलेरो जिप बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
पोलमा बोलेरो जिप ठोकिएपछि हाइटेन्सन लाइनको तार त्यही जिपमाथि खसेर एक्कासि आगलागी भएको आशंका गरिएको हो । जिपमा आगलागी हुँदा जलेर कम्तीमा ६ जनाको मृत्यु भएको हुनसक्ने अनुमान छ ।
यद्यपि, यसलाई प्रहरीले पुष्टि गरिसकेको छैन । ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलले ठूलै संख्यामा हातहाती भएको आशंका गरिएको बताए । आगोले थुप्रै जना जलेको अवस्थामा देखिएको उनको भनाइ छ ।
केहीलाई उपचारका लागि जिल्ला अस्पतालसमेत पठाइएको छ । पाथीभरा क्षेत्रको तेर्से भन्ने स्थानमा घटना भएको प्रहरीको भनाइ छ ।
सवारी नम्बर ३०११ रहेको बताइए पनि पूरा नम्बर प्राप्त भइसकेको छैन । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।

























