
काठमाडौं । नेपाल ल क्याम्पसको सोमबार भएको निर्वाचनबाट स्ववियु सभापतिमा अनेरास्ववियुका समीर रिजाल निर्वाचित भएका छन् ।
उनले निकटम प्रतिष्पर्धी नेविसंघका मोहम्मद प्रबेजलाई १ सय १७ मतले हराए । सचिवमा नेविसंघका मनमोहन भट्ट र कोषाध्यक्षमा विधिशा मिश्र निर्वाचित भएका छन् ।
निर्वाचनमा १ हजार ६ सय ५३ मत खसेको थियो ।
























