भारतका विद्युत् मन्त्री आइपुगे काठमाडौं

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार १०:१५

काठमाडौं । भारतका विद्युत् र आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् ।

मन्त्री खट्टर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा काठमाडौं आएका हुन् । उनी २ दिने भ्रमणका लागि आएका हुन् ।

उनलाई ऊर्जा मन्त्रालय र काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । मन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।

गत माघमा भारत भ्रमणका क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत् मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

विद्युत् मन्त्री खट्टरले बुधबार (आज) भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२० / १३३ / ३३ केभी तुम्लिङटार सब स्टेसन, २२० र ३३ केभी बानेश्वर सब स्टेसन र २२० / १३३ / ३३ केभी वसन्तपुर सब स्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सब स्टेसनमा उद्घाटन गर्ने कार्यक्रम छ ।

खट्टरले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । २ देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौता पत्रमा पनि हस्ताक्षर हुनेछ ।

त्यस्तै १० वैशाखमा भारतका विद्युत् मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।

सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.