रवि लामिछानेको रिट संयुक्त इजलासमा पठाउन आदेश

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार १३:३७

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीस अजीज मुसलमानको इजलासले रिटलाई सुनुवाइका लागि संयुक्त इजलासमा पठाउन मंगलबार आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै अब सुनुवाइका लागि संयुक्त इजलासमा पेशी तोकिने छ ।

सहकारीको रकम अपचलन गरेको मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएका थिए । लामिछानेले केही दिनअघि आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.