नवराज सुवेदी नजर बन्दबाट मुक्त

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार १७:३५

काठमाडौँ । सरकारले नवराज सुवेदीलाई नजरबन्दबाट मुक्त गरेको छ । चैत १५ गते राजसंस्था पुनःस्थापनाका लागि भएको आन्दोलनपछि गौरीघाटस्थित आफ्नै निवासमा नजरबन्दमा राखिएका सुवेदीलाई मंगलबार सरकारले रिहा गरेको हो ।

सुवेदी संयुक्त जनआन्दोलन समितिका संयोजक हुन्।  उनले विज्ञप्ति जारी गर्दै आफू आन्दोलनको नियमति काममा फर्किएको जनाएका छ । सुवेदीले भनेका छन्, ‘गत चैत्र १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ । आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु । यसबीच मलाई सद्भाव, सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’

यसअघि सरकारले तीनकुने घटनाका क्रममा पक्राउ परेका राप्रपाका नेता धवल शमशेर राणालाई हाजिर जमानीमा रिहा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.