१८ वर्षसम्म ठप्प खानेपानीको संरचना खानेपानी संस्थान विराटनगरको जिम्मा

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ९, मंगलबार २०:१२

विराटनगर । विराटनगरको जतुवामा १८ वर्षदेखि सञ्चालनमा आउन नसकेको जतुवा खानेपानी आयोजनाको संरचना र स्वामित्व खानेपानी संस्थान विराटनगर शाखा मातहत आएको छ ।

देवकोटा चोकस्थित संस्थानका प्रमुख इन्जिनियर सन्तोष रौनियारका अनुसार २०६४ सालमा निर्माण गरिएको ४ लाख ५० हजार लिटर खानेपानी क्षमताको सञ्चालनमा नआएको संरचनाको जिम्मा शाखाले पाएको हो ।

२०६४ सालमा खानेपानी तथा ढल ब्यवस्थापन विभागले ४ करोड ९२ लाख रुपैयाँ बराबरको लगानीमा निर्माण गरी उक्त संरचना सञ्चालनका लागि स्थानीय बृहत खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो ।

केही समय सञ्चालनमा आए पनि त्यसले निरन्तरता पाउन नसकेपछि संरचना पूर्णरुपमा ठप्प रहेको संस्थानका प्रमुख इन्जिनियर रौनियारले जानकारी दिए । उनले भने, ‘विराटनगरमा खानेपानी समस्या हलका लागि उपाय खोजिरहेका छौं । जतुवामा निर्माण भएर सञ्चालनमा नआएको भौतिक संरचना प्रदेश सरकार खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयमातहत जिम्मा लिएका हौं ।’

उक्त संरचना बैशाख ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयबाट खानेपानी संस्थान विराटनगर शाखाले सञ्चालनको लागि जिम्मा पाएको हो । हाल उक्त संरचनामा मर्मत सम्भारको आवश्यक्ता रहेको प्रमुख इन्जिनियर रौनियारको भनाई छ ।

संरचना मर्मतपछि आगामी साउनबाट उक्त योजना सञ्चालनमा आउने रौनियारले बताए । ‘ओभर हेड ट्याङकी साढे ४ लाख लिटर क्षमताको छ । ट्याङकी र पाइप पनि मर्मत गर्नुपर्ने अवस्थामा छ ।’

करिब साढे ८ कट्ठा क्षेत्रफलमा फैलिएको संरचनाबाट सर्वसाधारणको घरसम्म पाइप बिच्छाउनुपर्ने अवस्था रहेको उनले बताए ।

उक्त संरचनाबाट पानी वितरण गर्न सक्दा आगामी दिनमा विराटनगर महानगरको ८, ९, १०, १३, १४, १५, १६ लगायतका वडामा खानेपानीको पहुँच हुने उनको भनाई छ ।

संस्थानको विराटनगर महानगरपालिकाभित्र करिब १३ हजार सेवाग्रही रहेको बताउँदै उनले भने, ‘अहिले हामी दैनिक ९० लाख लिटर पानी उत्पादन गरिरहेका छौं । यो मात्रा महानगरवासीका लागि कम हो । तर यहाँ कम्तीमा १ करोड ३० लाख लिटर पानी दैनिक खपतको माग देखिन्छ । त्यसैले पनि करिब ४० लाख लिटर पानी महानगरवासीका लागि कम देखिएको छ ।’

देवकोटा चोकस्थित शाखामा ओभरहेड ट्याङक रहेको बताउँदै उनले महानगरका विभिन्न १२ स्थानमा पम्प राखिएको जानकारी दिए । जामुनगाछी क्षेत्रमा रहेको ओभरहेड ट्याङकी सहितको संरचना माघबाट सञ्चालनमा आएको जनाउँदै संस्थानले पिचरास्थित ओभरहेडसहितको खानेपानी उत्पादन संरचना चालु अवस्थामा रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.