विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस आज

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार ०६:२०

काठमाडौं । विश्व पुस्तक एवं प्रतिलिपि अधिकार दिवस आज (बुधबार) परेको छ ।

प्रत्येक वर्ष अप्रिल २३ का दिन संसारभर यो दिवस मनाउने गरिन्छ । सन् १९९५ मा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को साधारणसभाले दिवस मनाउने पहल गरेको थियो ।

पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्नु यो दिवसको उद्देश्य हो । बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपि अधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षासहित दिवस मनाइन्छ ।

विशेष गरेर विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर र इन्का गार्सिलासो दे ला भेगाको निधन भएको सम्झनामा पनि यो दिवस मनाउने गरिन्छ । अप्रिल २३ मै उनीहरुको निधन भएको थियो ।

दिवसले विश्व साहित्यमा ऐतिहासिक महत्वसमेत राख्ने गरेको बताइन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.