विराटनगरमा करेन्ट लागेर भारतीयको मृत्यु

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १०, बुधबार १६:३०

विराटनगर । विराटनगरमा करेन्ट लागेर ससुराली घरमा सुतिरहेका १ जना भारतीय नागरिकको बुधबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर भारत जोगवनीको टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चौधरीलाई विराटनगर महानगरपालिका–१५ भट्टीमोडस्थित ससुराली घरमा करेन्ट लागेको हो ।

घरको कोठाभित्र सुतिरहेका बेला ओछ्याननजिकै रहेको टेबल पंखाबाट उनलाई दिउँसो २ः१५ बजेतिर अचानक करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन् ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.