‘जनताले जितेको दिन’को स्मरणमा ‘युथ सेलिब्रेसन’

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार ०८:३७

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले आज (बिहीबार) ‘जनताले जितेको दिन’को स्मरणमा ‘युथ सेलिब्रेसन’को आयोजना गर्दै छ ।

वैशाख ११ गते मुलुकमा लोकतन्त्र प्राप्त भएको दिन हो । लोकतन्त्र दिवसकै अवसर पारेर एमालेले ‘सेलिब्रेसन’ गर्न लागेको हो । ‘जनताले जितको दिन’को स्मरण युवाहरुलाई गराउने उद्देश्यले काठमाडौंमा भव्य कार्यक्रम गर्न लागिएको एमालेले जनाएके छ ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले ‘युथ सेलिब्रेसन’मा १ लाख युवा उतार्ने तयारी रहेको जानकारी दिए । उनका अनुसार ‘सेलिब्रेसन’मा सहभागी हुन विभिन्न जिल्लाबाट हजारौं कार्यकर्ता काठमाडौंमा भेला भएका छन् ।

युवाले भविष्य निर्माणको संकल्प गर्ने दिनको रूपमा वैशाख ११ गते भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ समारोह आयोजना गरिने र यसको सबै तयारी पूरा भएको थेवेले बताए । नयाँ पुस्तामा राजनीतिक परिवर्तनको महत्त्व स्थापित गर्ने योजना र उद्देश्यअन्तर्गत कार्यक्रम आयोजना गरिएकाले राष्ट्रव्यापी रूपमा युवाको सहभागिता हुने उनको भनाइ छ ।

भृकुटीमण्डपमा हुने युवा उत्सवमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् । कार्यक्रममा विभिन्न चर्चित कलाकार ब्यान्डको सांगीतिक प्रस्तुति, फोटो सेसन, टिकटकलगायत युवाहरूलाई मनोरञ्जन दिन सकिने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।

‘युथ सेलिब्रेसन’मा सहभागी हुनेहरुका लागि टुँडिखेल, रंगशाला र बग्गीखानानजिकै सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । कार्यक्रममा युवाका ‘युथ स्पिकर’समेत प्रस्तुत गर्ने एमालेको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.