लोकतन्त्र दिवस: संघीय राजधानीमा एमालेको ‘युथ सेलिब्रेसन’

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १५:५६

काठमाडौँ । लोकतन्त्र दिवसको अवसर पारेर सत्तारुढ नेकपा (एमाले) ले आज (बिहीबार) भृकुटीमण्डपमा ‘युथ सेलिब्रेसन’ गरिरहेको छ । युथ सेलिब्रेसनका लागि देशभरिबाट एमालेका युवा काठमाडौं आएका छन् ।

सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी युवा वक्ताहरूले युथ सेलिब्रेसन सभालाई सम्बोधन गरिरहेका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार युथ सेलिब्रेसनमार्फत लोकतन्त्र र युवाको भूमिकाबारे सार्वजनिक विमर्श हुनेछ ।

‘जनताले जितेको दिन’ भन्दै वैशाख ११ गतेलाई उत्सवको रूपमा कार्यक्रम आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख गौतमले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.