शिक्षकहरूको आन्दोलन आज पनि जारी

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १६:२०

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज (बिहीबार) पनि प्रदर्शन जारी राखेका छन् । तीन सातायता शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा बिरोध प्रदर्शनलाई निरन्तरता दिएका हुन् ।

उनीहरूले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् । सरकारले वैशाख १२ गते संसदको बजेट अधिवेशन बोलाएको छ । शिक्षकका मागहरू बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिए पनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरूको अडान छ ।

शिक्षकहरूको आन्दोलका कारण वैशाख ११ गतेबाट सुरू हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेलाई स्थगित सारिएको छ । सरकारले वैशाख महिनाभित्र शिक्षकहरूको माग पूरा गर्ने विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । शिक्षकहरू सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.