पिकअप भ्यान दुर्घटनामा २ जना घाइते

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ११, बिहीबार १७:११

विराटनगर । सुनसरीको इटहरीमा पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएका छन् । कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ खनारमा प्रदेश १–०२–००२च ६३९८ नम्बरको आज (बिहीबार) दिउँसो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३९२४ नम्बरको यात्रुवाहक बस र सामान बोकेर विराटनगरतर्फ गइरहेको पिकअप भ्यान एकापसमा ठोक्किएर दुर्घटना भएके हो ।

दुर्घटामा पिकअप भ्यानका चालक धनकुटा जोरपाटी घर भएका चक्रबहादुर कट्वाल र बसमा सवार मोरङको सुन्दरहरैँचाका नाजिर हुसेन सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.