चितुवाको आक्रमणबाट ४ जना घाइते

Share this
707shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १२, शुक्रबार १९:१७

काठमाडौं । चितुवाको आक्रमणबाट पश्चिम नवलपरासीको प्रतापपुरमा ४ जना घाइते भएका छन् ।

प्रतापपुरको गुठीप्रसौनीमा एक्कासि बस्ती छिरेको चितुवाले आक्रमण गर्दा खेतमा काम गरिरहेका ३६ वर्षका रघुवीर केवट, ३० वर्षका प्रेम कोइरी, २८ वर्षका उमालाल कोइरी र सुस्ता गाउँपालिका –५ का २७ वर्षका महमद मियाँ घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरूको ढाँड, खुट्टा र हातमा चोट लागेको छ । घाइते ४ जनाको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.