जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणाको तयारी

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार १२:२९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले एकीकरणको घोषणाको तयारी थालेका छन् ।

दुवै पार्टीबीच आगामी वैशाख १७ गते एकताको घोषणा हुने भएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिएको छ ।

एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

दुवै दलका शीर्ष नेता पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.