आगलागीबाट १० वटा पसल जलेर नष्ट 

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार १३:५९

काठमाडौं । अछामको साँफेबगरमा शनिबार भएको आगलागीमा परी १० वटा पसल नष्ट भएको छ ।

साँफेबगर नगरपालिका –३ हाटबजारमा शनिबार (आज) बिहान ३ः ४५ बजेतिर भीषण आगलागी हुँदा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट हुँदा करोडौं रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाट बजारस्थित प्रेम खड्काले सञ्चालन गरेको शुभेच्छा मःम सेन्टरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको हो ।

तीव्र वेगका कारण क्षणभरमै शुभेच्छा होटेलबाट आगो सल्किँदै अन्य पसलमा आगो पुगेको थियो ।

आगलागीबाट प्रेम खड्काको पसलसहित त्यहाँ रहेका गेस्ट हाउस, रेस्टुरेन्टलगायत अन्य विभिन्न पसलहरू जलेर पूर्ण रूपमा नष्ट भए पनि मानवीय र चौपाया क्षति भएन ।

पसलहरू जलेर नष्ट हुँदा करिब ३ करोड ८६ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

त्यस्तै, चैत २६ गते अछामकै जयगढ बजारमा आगलागीबाट ३५ वटा पसलमा जलेर पूर्ण रूपमा नष्ट हुँदा ८ करोड बढीको क्षति भएको थियो ।

बारम्बार आगलागीबाट ठुलो क्षति हुन थालेपछि स्थानीयले दमकलको व्यवस्था गर्न स्थानीय सरकारसँग गरेका छन् ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.