
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक संघीय संसद् भवनमा सुरु भएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा संसद्को बजेट अधिवेशन प्रारम्भ भएको सन्दर्भमा दलको बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री ओलीले यस अधिवेशनका मुख्य कार्यभार, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत र पारित गर्ने, विद्यमान परिस्थितिलाई बुझेर जनताका समस्याको उठान र समाधानका उपायका लागि खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सम्बोधन गरिरहेका छन् ।
























