भोजपुरका पत्रकार कोइराला सम्मानित

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १३, शनिबार १८:४६

भोजपुर । भोजपुरका पत्रकार निरोज कोइराला सम्मानित भएका छन् ।

‘कोसी प्रदेश स्तरीय ज्योतिष, वास्तु, धार्मिक तथा पर्यटन प्रवर्धन’ सम्मेलन तथा जिल्ला अधिवेशनका क्रममा शनिबार पत्रकार कोइराला सम्मानित भएका हुन् ।

भोजपुरमा रहेर २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा पत्रकार कोइरालासहित शैक्षिक, धार्मिक, सामाजिक, कला संस्कृतिलगायतको विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.