औँसीमा प्रधानमन्त्री ओलीले सम्झिए आमा

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार ०८:४०

विराटनगर । आज आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औँसी पर्व मनाइदैछ । आज आमालाई सम्झेर तथा आमालाई मिठा मिठा खाने कुरा खुवाउने चलन छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आमा सम्झिएका छन् ।

‘मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप बन्यो,’ उनले लेखेका छन,‘आज मातातीर्थ औंसी, आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झनामा आइरहेछ । यस पावन दिनमा सम्पूर्ण आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्दछु। आमा पृथ्वीको प्रत्यक्ष स्वरूप हुनुहुन्छ। सबैमा आमाप्रतिको समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस्। शुभकामना ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.