ससुराको हत्यापछि फरार ज्वाइँ २० वर्षपछि पक्राउ

Share this
657shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार ११:२५

काठमाडौं । ससुराको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले २० वर्ष पछि पक्राउ गरेको छ ।

अनुसन्धानको २० वर्षे हदम्याद सकिन केही महिना बाँकीछँदा दाङको तुलसीपुरस्थित इलाका प्रहरी कार्यालयले ३९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

१५ वर्षसम्म लुकिछिपी भारतमा बसेका उनी पाँच वर्षअघि दाङमै फर्किएर पोल्ट्रीफार्ममा काम गरिरहेका थिए । वैशाख १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरले उनलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार गुरुङ २०६२ साउन १४ गते तुलसीपुरमा ससुरा काशीराम विकको हत्या गरेर फरार भएका थिए । घटनापछि १५ वर्ष भारतमा बसेका उनी ५ वर्ष अघि नेपाल फर्किएका थिए ।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.