
काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । नेपाल शिक्षक महासंघले गरेको आन्दोलनका क्रममा प्रहरीसँग झडप भएको हो ।
बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो । महासंघका अनुसार १५ जना बढी शिक्षक घाइते भएका छन् ।
झडप पछि महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ ।
आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यस्तो बताएका हुन् । ‘हामी शिक्षक हौं। लाठी छैन, केही छैन। शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो,’ उनले भने,‘सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आएपनि दमन गर्न सक्दैन ।’

























