
विराटनगर । डाइनिया–सिक्टी सडक खण्डअन्तर्गत मोरङको सुनवर्षी नगरपालिका–९ लक्ष्मी टोलमा आइतबार दिउँसो भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आफैं अनियन्त्रित भएर बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल दिउँसो २ः१५ बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–९ का अन्दाजी २० वर्षीय साहवन आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले दिउँसो २ः५० बजेतिर मृत घोषित गरेका हुन् । मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

























