
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अवहेलनाको मुद्दा आइतबार (आज) दर्ता भएको छ।
संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दाको फैसलामा ढिलाइ भएको भन्दै थापाले केही दिन अघि अभिव्यक्ति दिएका थिए ।
संवैधानिक नियुक्ति भएका पदमा समयावधि सकिने बेला भइसकेको तर पनि फैसला नगरीकन राखेको भन्दै अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा थापाविरुद्ध अवहेलनाको मुद्दा दर्ता भएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
संवैधानिक नियुक्तिको विषयमा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।
























