सप्तरी दुर्घटना अपडेट : अर्का मृतक झापाका अनिल राई

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १९:०१

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–१० बदगामा आइतबार दिउँसो भएको सवारी दुर्घटना मृत्यु थप एक जनाको पहिचान खुलेको छ । आइतबार दिउँसो प्रदेश १–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका एक जना सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती रहेको खुलेको थियो । अर्का एक पुरुष र महिलाको पहिचान खुलेको थिएन् ।

आइतबार अपरान्ह प्रहरीले अर्का मृतक व्यक्ती झापाको गौरादह– २ का ३९ वर्षीय अनिल राई रहेको जनाएको छ । मृतक महिलाको भने पहिचान खुलेको छैन ।

इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो । २३ जना घाइते भएका थिए । बसमा ३५ जना सवार थिए ।

प्रहरीले बस र चालक झापाको मेचीनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.