गाईघाटबाट काँकडभिट्टा जाँदै गरेकाे बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १४, आइतबार १९:३३

विराटनगर । पूर्व–पश्चिम राजमार्गको सप्तरीको कन्चनरुप नगरपालिका–१० खण्डमा भएको  बस दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ ।

उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२० नम्बरको यात्रुवाहक बस आइतबार मध्यान्ह कन्चनरुप नगरपालिका–१० मा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती, झापाको गौरदह– २ का ३९ वर्षीय अनिल राई र उदयपुर त्रियुगा नगरपालिका– २ खैजनपुरकी २२ की कबिता चौधरीको मृत्यु भएको हो ।

मगरातीको विराटनगरको गोल्डेन अस्पतालको मृत्यु भएको हो । राई र चौधरीको बसले च्यापिएर घटनास्थलमै मृत्यु भएको थियो ।

बसमा ३५ जना सवार थिए । तीमध्ये २३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर र केहीको मध्यम एवं सामान्य छ ।

दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ बस्ने २१ वर्षीया सुवेता दाहाल, २६ वर्षीया चेतना भट्टराई, सप्तकोशी–२ का ४४ वर्षीय विजय विक, झापाको झापा गाउँपालिका–३ का मनोज भट्टराई, मीना भट्टराई, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ की ५९ वर्षीया कमला भुसाल, चौदण्डीगढी नगरपालिका–९ की २६ वर्षीया नरमाया मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का ३५ वर्षीय भरत यादव, सप्तरीको हनुमानकंकालिनी नगरपालिका–३ का १९ वर्षीय महमद असलम र हनुमानकंकालिनी नगरपालिका–७ का ३७ वर्षीय वीरेन्द्र ठाकुर घाइते भएका छन् ।

त्यस्तै, सप्तकोशी–१ की ४० वर्षीया सविता थापा, ३० वर्षीया सुष्मा विष्ट, ७० वर्षीया पवित्रा मगराती, सप्तरीको महादेवा गाउँपालिका–२ की ५० वर्षीया विमलादेवी ठाकुर, उदयपुरको बसाहा नगरपालिका–९ बेल्टारकी ६० वर्षीया मायादेवी थापा, सप्तरीको कन्चनरुप नगरपालिका–४ का ३४ वर्षीय श्याकुमार सदा, ४० वर्षीय मनोज सदा, उदयपुरको त्रियुगा नगरपालिका–१ का ४० वर्षीय सनावती चौधरी, कन्चनरुप–८ की ५५ वर्षीया निर्मला गुप्ता, उदयपुुरको चौदण्डीगढी–१० का ६५ वर्षीय पुजनदेवी सिलवाल, ३० वर्षीया गीता सिलवाल र चौदण्डीगढी–९ का ६८ वर्षीय बमबहादुर कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र चालक झापाको मेचीनगर नगरपालिका–७ का ४७ वर्षीय अमृत दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.