राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दै

Share this
766shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार ०६:४३

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आज (सोमबार) काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

यद्यपि, राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान भने परिवर्तन गरिएको छ । भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनेको राप्रपा नेपालले स्थान परिवर्तन गर्दैै रत्नपार्कको शान्तिवाटिकामा गर्ने भएको हो ।

पार्टीका अनुसार दिउँसो १ः३० बजे प्रदर्शन सुरु गरिने छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत रिहा गरिनुपर्ने मागसहित राप्रपा नेपालले प्रदर्शन गर्न लागेको हो।

मिश्रसँगै पक्राउ गरिएका राप्रपाका महामन्त्री धवल शमशेर राणा भने गत आइतबार उपचारका लागि भनेर हाजिरीजमानीमा छुटिसकेका छन् । मिश्र र दुर्गा प्रसाईंलगायत भने अनुसन्धानका क्रममा हिरासतमै छन्।

राप्रपा नेपालले प्रदर्शन गर्ने स्थान सार्नुको कारण उल्लेख नगरे पनि भृकुटीमण्डप सरकारले तोकेको निषेधित क्षेत्रमा पर्छ। निषेधित क्षेत्रमा प्रदर्शन गर्दा झडप हुनसक्ने देखिएपछि प्रदर्शन गर्ने स्थान सारिएको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.