मोरङका अमर झापामा मृत भेटिए

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार ०७:०७

विराटनगर । मोरङ घर भएका १ जना पुरुष झापामा मृत भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–१ का ५० अमर सुनुवार मृत फेला परेका हुन् ।

दमक नगरपालिका–४ कृष्ण मन्दिरस्थित कृष्ण माध्यमिक विद्यालयको पर्खालको पूर्वतर्फ नालीमा घोप्टो परेको अवस्थामा आइतबार उनको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल लगिएको छ ।

सुनुवारको मृत्युको कारण खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी तिमल्सिनाले जनाए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.