सुनसरीको सीमा क्षेत्रमा बढाइयो निगरानी

Share this
797shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार ०७:१८

सुनसरी । स्थानीय प्रशासनले सुनसरीको सिमावर्ती क्षेत्रमा निगरानी बढाएको छ । सीमा क्षेत्रलाई उच्च निगरानीमा राख्दै सुरक्षा सतर्कता बढाइएको हो ।

भारतको जाम्मू–काश्मीर राज्यको पहलगाममा आतंककारी हमला भएपछि त्यसको प्रभाव नेपालमा नपरोस् भनेर नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि नहोस्
भनेर निगरानी बढाइएको बताए ।

जिल्लाको बर्जु, हरिनगर र कोशी गाउँपालिकालगायतका स्थानमा पर्न नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । नेपाल र सशस्त्र प्रहरी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी)सहितको टोलीले सीमा क्षेत्रमा संयुक्त गस्ती गर्न थालेका छन् ।

सीमा क्षेत्रबाट मानिस तथा सवारीसाधनलाई चेकजाँच गरेर मात्र आवतजावत गर्न दिन थालिएको एसपी तिम्सिनाको भनाइ छ । उनका अनुसार सीमा अपराध तथा अवैध धन्दा नियन्त्रणका लागि सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.