जिप दुर्घटनामा ३ जनाको मृत्यु

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १५, सोमबार ०७:३४
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्देश्वर असारेमा आइतबार राति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

असारेबाट ठूलापोखरीतर्फ जाँदै गरेको लु १ ज २३७७ नम्बरको जिप आफैं अनियन्त्रित भएर सडकबाट खस्दा जिपमा सवार रैनादेवी छहरा–१ का २३ वर्षीय जनक रेग्मी, ३६ वर्षीय दीपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा जिप चालक रैनादेवी छहरा–१ का २७ वर्षीय रन्जन रेग्मी र २३ वर्षीय सरोज बुढा घाइते भएका छन् । जिप चालक रेग्मीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । जिप हालसम्म घटनास्थलमै छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.