
काठमाडौं । विभिन्न माग राखेर शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला सरकारले दमन गरेको आरोप प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले लगाएको छ ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव जनार्दन शर्माले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको बताएका हुन् । सरकारले शिक्षकहरूमाथि अश्रुग्यास, पानीको फोहरा, लाठी प्रहार हानेको उनको टिप्पणी गरे ।
सरकारले शिक्षकहरूको माग पूरा गर्नुको सट्टा दमन गरेको भन्दै शर्माले भर्त्सना गरे । संविधान निर्माणसँगै नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनुपर्ने भए पनि अहिलेसम्म नबनेकोमा उनको असन्तुष्टि छ ।
उनले विगतमा सरकारहरूले शिक्षकसँग गरेको सम्झौता कार्यान्वयन नगरेर धोखा दिएको बताए । उनले शिक्षकको माग सम्बोधनमा सरकार गम्भीर हुनुपर्ने पनि बताए ।
























