
विराटनगर । पत्रकार केशव न्यौपानेको निधन भएको छ ।
मोरङको रंगेलीबाट पत्रकारिता गरिरहेका ४६ वर्षीय न्यौपानेको मंगलबार बिहान निधन भएको हो ।
नेपाल प्रेस युनियन मोरङको पूर्वकोषाध्यक्ष न्यौपानेलाई एक वर्षयता मृगाैला सम्बन्धि समस्या थियाे । उनका भाइ किरण न्याैपानेका अनुसार नाेबेल मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान निधन भएकाे हाे ।

























