
विराटनगर । प्रहरीले १९९ किलो गाँजासहित सुनसरीको बर्जुबाट २ जनालाई पक्राउ गरेको छ ।
सोमबार राति बर्जु गाउँपालिका– ३ नहर चोकबाट १९९.३ किलो गाँजा लोड गरिएको पिकअपसहित चालक जिल्ला धनकुटाकाे धनकुटा नगरपालिका– ९ का ३३ वर्षीय उद्धव भण्डारी र सहचालक ३० वर्षीय कबिराज राईलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको प्रहरी टोलीले भीमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र.१–०२–००२ च ५१२६ नम्बरको पिकअप गाडी खानतलासी गर्दा ६ वटा बोरामा राखेको अवस्थामा गाँजा फेला पारेको थियो । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

























