११ सय ४५ किलाे गाँजासहित ३ जना पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार १६:०३

विराटनगर । प्रहरीले धनकुटा र सुनसरीबाट एक हजार १ सय ४५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । दुई वटा सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

बैशाख १५ गते राती धनकुटाको चौबिसे गाउँपालिका– ५ मा ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरेर राखेको अवस्थामा ९ सय ४६ किलो गाँजा बरामद गरेको हाे ।

गाँजा बरामद भएपछि ट्रकसहित ओसारपसारमा संलग्न भएकाे आराेपमा प्रहरीले चौविसे गाउँपालिका– ५ का मनोज लिम्बुलाई पक्राउ गरेको छ ।

सुनसरीको बर्जु गाँउपालिका– ३ बाट १९९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् ।

प्र १–०२– ००२ च ५१२६ नम्बरको पिकअप लोड गरिएको अवस्थामा १ सय ९९ किलो गाँजा बरामद गरेको हो ।

गाँजा र पिकअपसँगै प्रहरीले ओसार पसारमा संलग्न भएको आरोपमा चालक धनकुटा नगरपालिका– ९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.