नवराजसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई जन्मकैद, जातीय छुवाछुतमा सफाइ

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १६, मंगलबार २२:१८

काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न २३ जनालाई उच्च अदालत सुर्खेतले जन्मकैदको सजायको फैसला सदर गरेको छ ।

रुकुम पश्चिम जिल्ला अदालतले यसअघि घटनामा संलग्न २३ जनालाई  जन्मकैदको फैसला सुनाएको थियो । न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले जन्मकैदको सजाय सदर गरेको हो ।

उच्च अदालतका उपन्यायाधिवक्ता प्रेमप्रकाश थापाका अनुसार, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा भने उच्चले सबैलाई सफाइ दिएको छ । जिल्ला अदालतले यसअघि जातीय भेदभाव सम्बन्धी कसुरमा दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ स्थित सोती गाउँमा २०७७ जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान लिएको घटनामा संलग्न ठहर २३ जना दोषीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.