पोखरीमा डुबेर २ बालकको मृत्यु

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार ०७:४८

महाोत्तरी । महोत्तरीको मनरा शिसवा नगरपालिका–१ ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ का रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंहको मृत्यु भएको हो । आयुषकुमार आफ्नो आफन्तको घरमा महोत्तरी गएका थिए ।

पोखरीमा डुबेर घाइते भएका दुवै जनाको मनरा नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.