किन पक्राउ परे रेशम चौधरी ?

Share this
652shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १४:४८

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई प्रहरीले फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको बताएको छ ।

बुधबार प्रहरीले नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकता घोषणा सभास्थलबाटै उनी पक्राउ परेका थिए । पक्राउपछि प्रहरीले उनलाई डिल्लीबजार कारागार लगेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।

२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । आममाफीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आममाफीको फैसला उल्टाइदिएको थियो ।

सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो । सो घटनामा परी तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । यो घटनाको मुख्य आरोपी चौधरी रहेको दाबी छ । तर चौधरीले हिंशात्मक आन्दोलनमा आफ्नो संलग्नता नभएको बताइरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.