रेशम चौधरी पक्राउ प्रकरण : विचाराधीन मुद्दामा राज्यलाई हतार

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १६:०२

काठमाडौं । बुधबार पार्टी एकता घोषणा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरी पक्राउ परे । प्रहरीले पक्राउ गरी उनलाई डिल्लीबजार कारागार पठाएको छ ।

सर्वोच्च अदालतको पत्रका आधारमा चौधरीलाई पक्राउ गरेको प्रहरीले बताएको थियो । सर्वाेच्चका शाखा अधिकृत महिमानसिंह विष्टले पत्र पठाएका थिए । तर मुद्दाको प्रक्रिया नै यथावत् रहेको अवस्थामा उनलाई पक्राउ गरेको पाइएको छ । सर्वाेच्चले पत्र कसरी पठायो भन्ने खुलेको छेन ।

महान्यायाधीवक्ता रमेश बडालले सर्वोच्च अदालतकै पत्रका आधारमा रेशम चौधरी पक्राउ भएको देखिएपछि मुद्दा विचाराधीन भएको अवस्थामा पत्र जारी हुनु आश्चर्यको विषय भएको जनाएका छन् ।

केही दिनअघि जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले पार्टी एकता रोक्नका लागि रेशम चौधरीलाई पक्राउको धम्की आएको बताएका थिए । बुधबार भने उनी घोषणस्थलबाटै पक्राउ परे ।

उनलाई पक्राउका लागि विचाराधीन मुद्दामा अदालतले पत्र पठाएको छ, प्रहरीले पनि उनलाई पक्राउ गर्न हतार गरेको थियो । चौधरीलाई पक्राउका  लागि गरेको हतारले सरकारको भूमिका प्रति नै शंका उत्पन्न भएको छ ।

अदालतबाट फैसला भइसकेपछि सम्बन्धित जिल्ला अदालतबाट फैसलाको कार्यान्वयन हुने गर्छ । रेशम चौधरीलाई अदालतकै आदेशबाट कैद पठाउनुपर्ने भएमा सर्वोच्च अदालतले जिल्ला अदालत कैलालीलाई पत्र पठाउनुपर्ने थियो । तर प्रक्रिया मिचेर उनलाई पक्राउ गरेपछि आलोचना भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.