प्रेस चौतारी माेरङकाे क्यालेन्डर सार्वजनिक

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख १७, बुधबार १८:३९

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको मोरङ शाखाले २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ ।

प्रेस चौतारी मोरङको विराटनगर महानगरपालिका – २ मुनालपथ स्थित कार्यालयमा क्यालेन्डर सार्वजनिक गरेको हो ।

प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष सुमन पुरी, केन्द्रीय सदस्यहरू सरस्वती बानियाँ, तुलसी कोइराला, पूर्वकेन्द्रीय सदस्य महेन्द्र विष्ट, चौतारी मोरङ अध्यक्ष चीना थापा लगायतले क्यालेन्डर सार्वजनिक गरे ।

प्रेस चौतारी मोरङले पहिलोपटक सार्वजनिक गरेको क्यालेन्डरमा मोरङ शाखाले गरेका गतिविधि, अभिलेख, आगामी कार्यक्रम समेटिएको अध्यक्ष थापाले बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.